पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हरिशयनी एकादशी मनाइयो

काठमाडौं । असार शुक्ल एकादशीका दिन आज घर घरमा तुलसीको बिरुवा रोपी हरिशयनी एकादशी पर्व मनाईएको छ ।

प्रत्येक हिन्दू समुदायका घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने परम्परा रहेको छ ।

वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाईने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।

आज काठमाडौँको बुढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिर लगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भिड लागेको थियो ।