पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सहकार्य र सिष्टमले संस्था माथि उठ्छ : कार्यकारी निर्देशक कार्की 

radionepal

रेडियो नेपालमा उच्चतहमा पदोन्नति हुनु भएका कर्मचारीहरुलाई बढुवा पत्र दिँदै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले कर्मचारीहरुले आफ्नो शिप र दक्षता देखाई काम गनु पर्ने कुरा बताउनु भयो । उहाँले सहकार्य र सिष्टमले संस्था माथि उठ्ने विश्वास व्यक्त गर्दै बधाई दिनु भयो  ।

                   

नायव कार्यकारी निर्देशक पदमा बुद्धिबहादुर के.सी , कृष्ण कोईराला उपनिर्देशक (लेखा) मनोज चौधरी  र  उपनिर्देशक (प्रशासन) मा  मोहन आङ्वो  बढुवा हुनु भएको हो । बढुवा हुनु भएका कर्मचारीहरुले आफ्नो जिम्मेवारी इमान्दारिताकासाथ पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।