पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँके ५७ औं खुला दिसामुक्त जिल्ला घोषित

नवीन गिरी, नेपालगञ्ज । बाँकेलाई आज नेपालको ५७ तथा तराईको ९ औं जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।

बाँकेमा रहेका ९३ हजार ४ सय २२ घरधुरीमा शतप्रतिशत चर्पी निर्माण भएपछि जिल्लालाई आज एक कार्यक्रमका बीच प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खुला दिसामुक्त घोषणा गर्नुभएको हो । 

सरकारको रणनीतिक लक्ष्य भन्दा २ वर्ष ढिलो गरी बाँकेलाई खुला दिसामुक्त घोषणा गरिएको हो । 

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको १ करोड बढी लागतमा बाँके जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न सफल भएको जिल्ला स्वच्छता समन्वय समिति बाँकेका प्रमुख राजकुमार चौधरीले जानकारी दिनुभयोे ।