पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घुससहित लेखापाल पक्राउ

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडास्थित कार्यालयबाट खटिएको टोलिले बाराको फेटा गाउँपालिकाका लेखापाल शौरभकुमार साहलाई आज घुस रकमसहित आफ्नै कार्यकक्षबाट पक्राउ गरेको छ । 

एचआईभी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकोमा त्यसको भुक्तानी दिने क्रममा सेवाप्रदायक संस्थाबाट ३० हजार नगद घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको आयोगको हेटौडास्थित कार्यालयले जनाएको छ ।