पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘शान्ति स्थापना गर्न राष्ट्रसंघको महत्वपूर्ण भूमिका’

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले संयुक्त राष्ट्रसंघले द्वन्द्वपछि नेपालमा शान्ति स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।

नेपालको शान्ति र दिगो विकासका बारेमा राष्ट्रसंघको नेपालस्थित कार्यालयले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ज्ञवालीले सन् २०३० सम्म पुरा गर्ने गरी तय गरिएको दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार प्रतिबद्ध रहेकोले सबैको सहयोगका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा प्राध्यापक डाक्टर मोहन प्रसाद लोहोनीले जलवायु परिवर्तन, खाद्य सुरक्षा, आतंकवाद नियन्त्रण गर्न संयुक्त राष्ट्र संघले र्निवाह गरेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।