पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उचित राहत र व्यवस्थापन गर्न काँग्रेसको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसले बाढी, पहिरो र डुबानबाट मुलुकभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उचित राहत र व्यवस्थापन गर्नका लागि सरकारसँग आग्रह गरेको छ । 

काँग्रेसले आज एक विज्ञप्तिमार्फत भक्तपुरको चाँगुनारायणमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै जीवन गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनहरुमा समवेदना प्रकट गरेको छ । 

साथै, प्रभावित क्षेत्रमा राहत सामग्री लगायत अवरुद्ध सेवा सुविधाहरु यथाशीघ्र सुचारु गर्ने–गराउने व्यवस्थाका लागि सरकार लगायत सम्वद्ध सबैसँग काँग्रेसले आग्रह गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।