पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने

काठमाडौं । विश्वकपको उपाधिका लागि फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सेमिफाइनलमा फ्रान्सले बेल्जियम तथा क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन् ।  

फाइनलमा पहिलो पटक स्थान बनाएसँगै क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औं देश बन्यो । युरोपबाट फाइनलमा पुग्ने क्रोएसिया १० औं टिम हो । फाइनलमा पुगेका ८ युरोपेली टिमले मात्र उपाधि जितेका छन् ।

आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम बन्दै नयाँ च्याम्पियन बन्नेछ र विश्व फुटबलमा सुनौलो इतिहास कोर्नेछ । 

फ्रान्सले जिते दोस्रो पटकको बिजेता बन्ने छ । फाइनल खेल आइतबार हुने छ । 

त्यसअघि, शनिबार तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका बेल्जियम र इङल्याण्ड खेल्नेछन् ।