पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राखेपद्वारा संघहरु खारेज गर्न शुरु

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले पैसा र विदेश भ्रमणमा जानका लागि मात्र खोलिएका संघलाई धमाधम खारेज गर्न थालेको छ ।

परिषदका सदस्य सचिव केशवकुमार विष्टले नियमित नवीकरण नगर्ने, खेलकुद गतिविधि शून्य भएका संघहरुको दर्ता खारेज गर्न सुरु गर्नुभएको हो । त्यस क्रममा ८ खेलको राष्ट्रिय खेल संघको दर्ता खारेजी भएको छ ।

राखेपका प्रेस सल्लाहकार रोहित दाहालले नियम बमोजिम दर्ता तथा नवीकरण नभएको, सम्बन्धित खेलको खेल गतिविधि सुचारु रुपले सञ्चालन गर्न नसकेकाले ती संघको दर्ता खारेज गरिएको बताउनुु भयो । 

खारेजीमा परेका संघहरुमा नेपाल बाघचाल संघ, नेपाल बृज संघ, नेपाल सिन्जीनकाई कराते संघ, अखिल नेपाल विद्यालय खेलकुद संघ, गोर्खा एक्सन मार्सल आर्ट्स संघ नेपाल, नेपाल आसिहारा काईकान कराँते डो संघ, एभिएसन स्पोर्ट्स एसोसिएसन नेपाल र नेपाल एमेच्योर किक बक्सिङ संघ रहेका छन् । 

खेलकुद विकास ऐन २०४८ को दफा १८ को उपदफा २ बमोजिम असार २६ गतेको निर्णयानुसार ८ राष्ट्रिय खेल संघ परिषद्को लगतबाट कट्टा गरिएको हो । 

गत वर्ष बैशाख २१ गते पनि राखेपले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गरेको थियो । त्यसमा ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका थिए ।