पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान उन्मुख मौद्रिक नीति आएको प्रतिक्रिया आइरहेका बेला शेयर बजार भने १३.६६ अंकले घटेको छ । 

१२ सय ५ दशमलव ६७ बाट शुरु भएको कारोबार १३ दशमलव ६६ अंकले घट्दा ११ सय ९१ दशमलव ९८ को बिन्दुमा आइपुगेर कारोबार बन्द भयो । 

बिहीबार १६ लाख २० हजार ८ सय ८० कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४४ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

उत्पादन तथा प्रशोधन बाहेक अन्य सूचक तथा उपसूचक ओरालो लागेका छन् । बिहीबार सबैभन्दा धेरै लक्ष्मी बैंकको ६ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । 

कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा धेरै ८.५१ प्रतिशतले कमाएका छन् भने नागबेली लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ६.७० प्रतिशत गुमाएका छन् ।