पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मौद्रिक नीतिबारे विभिन्न प्रतिक्रिया

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५–७६ को मौद्रिक नीतिप्रति निजी क्षेत्रका उद्यमी व्यवसायी, बैंक तथा वित्तीय क्षेत्रबाट मिश्रित प्रतिक्रिया आएका छन् । 

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले विस्तारकारी मौद्रिक नीतिले लगानी योग्य रकमको अभावलाई सम्बोधन गरेको र ब्याजदरलाई स्थायित्व दिने गरी आएकाले मौद्रिक नीतिलाई सकारात्मक रुपमा लिइएको स्पष्ट पार्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आगामी मौद्रिक नीति अर्थतन्त्रको उपर्युक्त धरातलमा आएकाले आउने दिनमा अझ सकारात्मक हुने प्रतिक्रिया दिनुभयो । उहाँले सोधनान्तर घाटा र लक्षित ६.५ प्रतिशतको मूल्यवृद्धि भने चुनौतीपूर्ण रहेको बताउनुभयो । 

नेपाल चेम्बर्स अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले मौद्रिक नीति विस्तारित तथा सन्तुलित भएको प्रतिक्रिया दिनुभयो । 

बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बजारमा तरलता अभाव अन्त्य गर्ने लक्ष्यका साथ प्रस्तुत मौद्रिक नीतिले अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।