पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

देशको सम्वृद्धिको लागि दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकता दिनुपर्छः शिक्षामन्त्री पोखरेल

नवीन गिरी/रेडियो नेपाल
नेपालगञ्ज । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देशलाई समृद्ध बनाउन दक्ष जनशक्ति उत्पादनलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभएकोे छ । बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा निर्माण हुने प्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै मन्त्री पोखरलेले राज्यको आवश्यकता अनुसारको ब्यवसायिक र प्राविधिक शिक्षा जरुरी रहेको बताउनुभयो । 
उहाँले अहिले १० प्रतिशत मात्र दक्ष प्राविधिक जनशक्ति उत्पादन भइरहेको बताउँदै विश्वविद्यालयहरुले अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्यानुभयो । बागेश्वरी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयबाट आंगिक सम्बन्धन प्राप्त गर्ने प्रक्रियामा रहेको छ ।