सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह
कृष्ण साउद, कञ्चनपुर । वर्षाका कारण कञ्चनपुरको महाकाली नदिमा पानीको बहाव उच्च भएपछि स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
आज यस वर्षकै उच्च अर्थात प्रतिघण्टा २ लाख १५ हजार १ सय १८ क्युसेक पानी बगिरहेकोले जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो ।
नदि किनारमा रहेका भिमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र महाकाली नगरपालिकाका वडा नं. १ देखि ६ सम्मका वस्ति जोखिममा छन् ।
सारदा व्यारेजमा पानीको बहाव बढेपछि भारतीय पक्षले सवारी आवागमनमा रोक लगाइसकेको कञ्चनपुर संवाददाता कृष्ण साउदले जनाएका छन् ।