पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्री खनालबाट मालपोट कार्यालयको अनुगमन 

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आज काठमाडौं कलंकीस्थित मालपोत कार्यालयको अनुगमन गर्नु भएको छ । 

मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि मन्त्री खनाल अनुगमनका लागि जानभएको थियो । 

अनुगमनका क्रममा मन्त्री खनालले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन गर्ने भन्दै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न गम्भीर भएर लाग्नु पर्ने बताउनु भयो । 

मन्त्री खनालसँग सेवाग्राहीहरुले भने मालपोतमा सहज ढंगले काम नहुने गरेको र दलालदेखि कर्मचारीसम्मबाट हैरानी खेप्नुपरेको गुनासो पोखेका थिए ।