पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिण्डिकेट फर्काउने कुरा असम्भवः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रमा सिण्डिकेट फर्काउने कुरा अब सम्भव नरहेको स्पष्ट पार्नुभएको छ ।

आज नयाँ बसपार्क गोंगबुमा युनाइटेड ट्रान्सपोर्ट ‘भलाइ एण्ड इन्भेस्टमेन्ट’ प्रालिले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री थापाले अझै सिण्डिकेट फर्काउने प्रयास भइरहेको भन्दै त्यो पूरा नहुने बताउनुभयो ।
    
यातायात मात्रै नभइ कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सिण्डिकेटले जरा गाडेको भन्दै देश विकासका लागि सिण्डिकेट बाधक रहेको गृहमन्त्री थापाले उल्लेख गर्नुभयो । 

सिण्डिकेट हटाउने निर्णय यातायात व्यवसायी, मजदुर, यात्रु सबैका हितमा रहेको भन्दै सबैको सहयोगका लागि गृहमन्त्री थापाले अपिल गर्र्नुभयो ।