पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

डायलसन अधिकारी, बुटवल । रुपन्देहीको गैडहवामा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

लुम्बिनी नजिकै गैडहवा गाउँपालिका ३ मा आज भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार गैडहवा २ बस्ने २६ वर्षका कायर पासी, सोही ठाउँका २७ बर्षका घिसन पासीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

दुर्घटनामा परी गैडहवा २ बस्ने २६ वर्षका छन्नु पासी र ३६ वर्षका मोहितलाल पासी घाइते भएका छन । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।