पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वैधानिक बाटो रोज्न केसीलाई राज्मन्त्रीको आग्रह

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा गोविन्द केसीलाई आफ्ना माग सम्बोधनका लागि वैधानिक बाटो रोज्न आग्रह गर्नुभएको छ । 

आज रिपोर्टर्स क्लब काठमाडौंमा आयोजित कार्यक्रममा राज्यमन्त्री अर्यालले डा केसीले आफ्ना माग संसद्मा प्रस्तुत गरिएको चिकित्सा शिक्षा विधेयकमा संशोधन हालेर आफ्ना माग पुरा गर्न आग्रह गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले केदारभक्त माथेमा प्रतिवेदनबाट चिकित्सा क्षेत्र सुधारका लागि सुझाव लिएको भन्दै शतप्रतिशत कार्यान्वयन गर्न नसकिने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँंग्रेसका नेता सुरेन्द्र पाण्डेले डा केसीका कतिपय माग जायज भएकाले छलफल गरेर टुङ्याउनुपर्ने बताउँदै केसीका मुद्दालाई देखाएर काँग्रेसलाई राजनीति गर्ने रहर नभएको बताउनुभयो । 

कार्यक्रममा नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा ढुण्डीराज पौडेलले डा केसीका माग सरकारले वार्ताबाट टुङ्याउनुपर्ने बताउनुभयो ।