पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकार लोकतन्त्रप्रति प्रतिवद्धः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकार लोकतन्त्रप्रति प्रतिवद्ध रहेको  बताउनुभएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले आज  अयोजना गरेको राष्ट्रिय तथा प्रादेशिक पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले संघीय लोकतन्त्रमाथि केही बुद्धिजीवीहरुले नकारात्मक टिप्पणी गर्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले स्वच्छ आलोचनाको सरकार सदैव स्वागत गर्ने पनि बताउनुभयो । 

प्रधानमन्त्री ओलीले समाजलाई बाटो देखाउन कला, संस्कृति र साहित्यका माध्यमबाट योगदान पुर्याउने प्रतिभाहरुलाई सरकारले सम्मान गर्ने पनि बताउनुभयो । 

पुरस्कार वितरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री रविन्द्र अधिकारीले सरकारको समृद्ध नेपालको सपना पूरा गर्न कला साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधामा सस्कृतिविद् प्रा.डा. रन्जना बजाचार्य, संगित तथा नाट्य विधामा वरिष्ट रंगकर्मी प्रचण्ड मल्ल, ललितकलामा वरिष्ठ मुर्तिकार ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधामा प्रा.डा. केशवप्रसाद उपाध्यायलाई  जनही रु एक लाख नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । 

त्यसैगरी चारवटै विधामा रेडियो नेपालका वरिष्ठ संगीत संयोजक नारायण ओलीसहित विभिन्न २८ जना व्यक्तित्वहरुलाई ५० हजार नगद सहित सम्मानपत्रले प्रादेशिक  प्रतिभा पुरस्कारबाट पुरस्कृति गरिएको छ । 

यसै अवसरमा  भगत सर्वजित मानव मर्यादा राष्ट्रिय  पुरस्कार दलित मुक्ति आन्दोलनका अगुवाहरु पदमलाल विश्वकर्मा र दलविर विश्कर्मा तथा लेखक राजेन्द्र महर्जनलाई  प्रदान गरिएको थियो ।