पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्रीद्वारा मन्त्री र सचिवसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि मन्त्री र सचिवहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा विकास र समृद्धिको आधार सिर्जना गर्न ठोस कार्ययोजना मगाइ मन्त्री र सचिवसँग छलफल गर्नुभएको हो ।

मन्त्रालयहरुले आ–आफ्ना कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गर्नु भएको र त्यस सम्बन्धी छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो ।

यही असार २५ गतेको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि बजेट पूर्ण रुपले कार्यन्वयनमा जाने लिखित कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिनुभएको थियो । 

बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सबै मन्त्रालयका सचिवहरू सहभागी हुनुहुन्थ्यो ।