पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पर्यटन व्यावसायीको टोली भारत प्रस्थान

काठमाडौं । भारतीय पर्यटकलाई निम्तो बाँड्न पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली बिहीबार भारत प्रस्थान गरेको छ । 

पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रर्वद्धनमा भारतीय पर्यटकलाई निम्तो बाँड्न टोली भारत गएको हो । 

नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताउनुभयो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा गर्नुभएकोे मुक्तिनाथ दर्शनसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायीहरुको भनाई छ ।