पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फ्रान्स विश्वकप फुटबलको फाईनलमा प्रवेश

काठमाडौं । फ्रान्स रुसमा जारी विश्वकप २०१८ को फाईनलमा प्रवेश गर्न सफल भएको छ ।

सेन्ट पिटर्सबर्ग मैदानमा हिजो भएको प्रतियोगिताको पहिलो सेमिफाईनलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ ।

एक मात्र निर्णाएक गोल खेलको ५१ औँ मिनेटमा फ्रान्सका स्याम्युअल उम्टीले ग्रीजम्यानको घुमाउरो करनरमा सशक्त हेड मार्पmत गरेका थिए ।

मध्यान्तर अघि धेरै समय बेल्जियमले फ्रान्सलाई दबाबमा राखे पनि अति नै व्यवसायिक खेल देखाउँदै फ्रान्सले खेल आफ्नो नियन्त्रणमा राखेको थियो ।

फ्रान्सले अघिल्ला खेलमा भैmँ प्रयोग गरेको डिफेन्स र काउन्टर एट्याकको रणनीति सेमिफाईनलमा त झन सफल देखियो ।

बेल्जियमका अनेकन प्रयासलाई फ्रान्सका किप्पर र डिफेन्डरहरुले मात्र होईन स्ट्राईकर लाईन समेतले विफल पारेका थिए ।

बेल्जियमका किप्पर करटुईसले पनि निकै राम्रो प्रदर्शन गरेको थिए ।

जितसँगै फ्रान्स तेस्रो पटक विश्व कपको फाईनलमा प्रवेश गरेको छ भने दोस्रो पकट सेफिाईनल प्रवेश गरेको बेल्जियमको फाईनलमा स्थान बनाउने सपना अधुरै रह्यो ।

फ्रान्सले सन् १९९८ विश्व कपको उपाधि उचालेकको थियो भने २००६ को विश्वकपमा उप विजेतामा सीमित हुन पुगेको थियो ।

विश्वकपमा बेल्जियम फ्रान्ससँग यो समेत तेस्रो पटक पराजित भएको छ ।

फ्रान्सले फाईनलमा ईङ्गल्याण्ड र क्रोयशियाबीचको खेलको विजेतासँग आउने आईतबार फाईनलमा प्रतिस्पर्धा गर्ने छ भने बेल्जियमले दोस्रो सेमिफाईनलमा पराजित हुनेसँग तेस्रो स्थानका लागि शनिबार खेल्ने छ ।