पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फलेवास नगरपालिका : शंकर पोखरीमा बोरीङ प्रविधिबाट पानीको ब्यवस्थापन गर्दे 

माधब पराजुली/रेडियो नेपाल

पर्वत - लामो समयदेखि खानेपानिको समस्या झेल्दै आएका पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा बोरीङ प्रविधिबाट पानी निकाल्न कार्य अगाडि बढेको छ । पानीको समस्या झेल्दै आएका स्थानियको अवस्यकतालाई मध्यनजर गर्दै नगरपालिकाले डि टि यच बोरिङ मेसिन द्धारा जमिन मुनीको पानि निकाल्ने कार्य अगाडि बढाएको हो ।
नगरको शंकरपोखरी स्थित बिष्टपानिमा सरकारको पाईलट प्रोजेक्ट अन्र्तगत संचालित डिप बोरिङ प्रविधि अनुरुप परिक्षण अन्र्तगत हाल १ सय मिटर गहिराई सम्म बोरिङ गरिने जनाइएको छ । अहिले निर बोरीङ कन्ट्रक्सनले बोरीङको कार्य सञ्चालन गरेको हो बोरिङको क्रममा ३० मिटर गहिराईमा नै पानि निक्लिएको निर बोरीङ कन्ट्रक्सनका इन्जिनियर कृष्ण दुलालले जानकारी दिए ।
फलेवास नगरपालिकाका सवै घरपरिवारलाई पानीको सहज आपुर्तिको लागि एक घर एक धारा कार्यक्रम अन्र्तगत सवै भन्दा धेरै पानीको समस्या रहेको शंकरपोखरीमा बोरिङको कार्यक्रम ल्याईएको फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले बताए ।उपत्यका तथा तराईमा सञ्चालन गरिने बोरिङ प्रणलि, पहाडमा पनि खानेपानिको व्यवस्थ गर्न सकिन्छ भन्ने सम्भावनाको अध्यन गरि गुरुयोजना निमार्ण गर्ने भुगर्भ विध जियोलोजिस्टको सल्लाहामा शंकरपोखरीको विष्टपानिमा संभावित अध्यन पश्चात बोरीङको कार्य अघि बढाईएको शर्माले बताए । पानिको समस्या रहेको संकरपोखरीमा डिप बोरीङ प्रविधि मार्फत खानेपानिको व्यावस्था गरिए सगैँ यहाँका स्थानियलाई पानिको समस्या अन्त्य हुने उनले बताए ।