पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डा केसीका माग हुबहु सम्बोधन हुँदैनन्ः गुरुङ

नगरकोट । नेकपाका प्रमुख सचेतक देव गुरुङले डाक्टर गोविन्द केसीले उठाउनुभएका माग हुबहु सम्बोधन नहुने बताउनुभएको छ । 

भक्तपुरमा आज आयोजित एक कार्यक्रममा नेता गुरुङले केही मागहरु जायज भए पनि हुबहु सम्बोधन नहुने भन्दै त्यसलाई जनताको सर्वोच्च निकाय संसद्ले सम्बोधन गर्ने बताउनुभयो । 

चिकित्सा विधेयकका बारे जुम्लामा अनशनरत डा केसीको स्वास्थ्योपचारका लागि सरकार तत्पर रहेको र उहाँको स्वास्थ्यका विषयमा सरकार निकै गम्भीर रहेको गुरुङको भनाइ थियो । 

सरकारले विरोध गर्ने निश्चित स्थान तोक्दैमा अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएकोे उहाँले बताउनुभयो ।