पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा सचिवालय बैठकमा संरचनाबारे छलफल

काठमाडौँ । संगठनात्मक संरचनाका विषयमा टुंगो लगाउन बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा छलफल भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा छलफल भएको हो । 

शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको प्रतिवेदनमा छलफल भएपनि पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 

आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो ।

सचिवालय बैठक भोलि बिहान पुनः बस्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।