पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कृषकलाई फलफूलका बिरुवा वितरण

तेह्रथुम । छथर गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । 

गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रलाई फलफूल पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि तीन हजार कृषकलाई २२ हजार ६ सय भन्दाबढी बिरुवा वितरण गरिएको हो । 

आर्थिक वर्ष २०७४–७५ को गाउँसभाबाट विनियोजित रकमले गाउँपालिकाले विभिन्न पकेट क्षेत्रको रुपमा तरकारी तथा फलफूलका बिरुवा वितरण गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताउनुभयो ।

गाउँपालिकाको तमोरले छोएको सुख्खाग्रस्त क्षेत्रमा लिची, आँप र अनारका बिरुवा कृषकलाई निःशुल्क वितरण गरिएको हो । 

गाउँपालिकाको मध्यभागमा सुन्तला र कागतीका बिरुवा भने ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ । 

माथिल्लो क्षेत्रमा तरकारी पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि काउली, बन्दागोभी, मुला, गाँजर र अकबरे खुर्सानीको बीउ वितरण गरिएको छ ।