पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आयोजना र प्राधिकरणबीच विद्युत खरीद सम्झौता

धादिङ । उत्तरी धादिङकोे रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाट क्षमताको इलेप तातोपानी खोला जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरीदसम्बन्धी सम्झौता भएको छ । 

प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खा याममा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षायाम ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने छ ।