पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वाइड बडी विमानले ११ गन्तव्यमा उडान भर्ने

काठमाडौं । दुईवटा नयाँ वाइड बडी विमान भित्र्याएको नेपाल वाुयसेवा निगमले ३ नयाँसहित ११ गन्तव्यमा अन्तराष्ट्रिय उडान भर्ने भएको छ । 

साउनको १६ गतेबाट निगमले सञ्चालनमा ल्याउने भनिएको २ वाइड बडी सहित ५ वटा विमानबाट अब ११ गन्तव्यमा उडान भर्नेछ । निगमको नयाँ गन्तव्य जापान, दक्षिण कोरिया र साउदी अरेबिया हुनेछ । 

२ वटा वाइड बडी विमान भित्र्याउनुलाई आफ्नो रणनीतिक परिवर्तन मानेको निगमले आर्थिक वर्ष २०७५–७६ भित्रै २ वटा अन्तराष्ट्रियसहित १० वटा विमान खरिद गर्ने महत्वकाक्षीं लक्ष्य पनि राखेको छ । 

यसैगरी भारत, चीन, म्यानमार र श्रीलंकामा विमान सञ्चालन गर्न निगमले २ वटा न्यारो वडी विमान खरिदका लागि गृह कार्य गरिरहेको जनाएको छ । 

विमान खरिदको लक्ष्यसँगै निगमले आगामी २ वर्षभित्र पुराना सवै विमान लिलाम विक्रि गरेर नयाँ विमानमात्र सञ्चालनमा ल्याउने नीति लिएको निगमका महाप्रबन्धक सुगत रत्न कंसकारले  जानकारी दिनुभयो । 

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै निगमले कर्मचारीको कार्यशैली र संस्थागत सुधारलाई उच्च प्राथमिकतामा राख्ने समेत जनाएको छ ।