पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेसलाई एक बनाउने कर्तव्यः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसलाई एकताबद्ध बनाएर अगाडी बढाउनु आफ्नो प्रमुख कर्तव्य रहेको बताउनु भएको छ । 

आज काठमाडौमा आयोजित नेपाली काँग्रेसका पुराना नेता तथा कार्यकर्ताहरुको भेलामा सभापति देउवाले बिगतका निर्वाचनहरुमा अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने बताउनुभयो । 

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार विधि र विधानभन्दा बाहिर गएर सञ्चालन गर्न खोजिएको आरोप लगाउदै एकीकृत नेपाली काँग्रेसले मात्र सबल प्रतिपक्षको भुमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेस नेता विजयकुमार गच्छदारले तत्कालीन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) का नेता कार्यकर्ताको व्यवस्थापनका लागि एकीकरणका बेला भएका सहमति कार्यान्वयन गर्न नेतृत्वसँग माग गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका पुराना नेता तथा कार्यकर्ताहरुले काँग्रेसभित्र गुटको अन्त्य भए मात्र काँग्रेस सबल र सक्षम हुने तर्फ नेतृत्वको ध्यानाकर्षण गराउनु भएको थियो । 

कार्यक्रममा काँग्रेसका नेताहरु सीतादेवी यादव, र डा. नारायण खड्काले काँग्रेसभित्र पुराना र नयाँ नेता तथा कार्यकर्ताहरुको उचित मुल्याङ्कन र जिम्मेवारी बारे पार्टीले स्पष्ट खाका बनाउनुपर्ने बताउनुभयो ।