बिरुवा हुर्काए बापत् २० रुपैयाँ दिइने
दिपक शर्मा, सल्यान । सल्यानको शारदा नगरपालिकाले एक बिरुवा हुर्काए बापत् किसानलाई २० रुपैयाँ दिने भएको छ ।
वातावरण मैत्री नगरपालिका निमार्ण गर्न, नगरपालिकालाई जलवायु अनुकुलन गराउन र आयआर्जनमा वृद्धि गर्नका लागि नगरपालिकाका १५ वटै वडामा २४ हजार फलफुल र अन्य जातका विरुवा प्रदान गरिएको छ ।
वातावरण संरक्षण, आयआर्जनमा टेवा पुर्याउन नगरपालिका भित्र वृक्षारोपण गर्ने नीति बनाएको नगर प्रमुख शुरेस अधिकारीले बताउँनुभयो ।