पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सन्दीपले लिए दुई विकेट

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम मोन्ट्रियल टाइगर्स क्यानडामा जारी ग्लोबल टी–२० प्रिमियर लिगबाट बाहिरिएको छ । तर, सन्दीपले अन्तिम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए ।

टोरन्टो नेसनलसँग टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रियलले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । उसका लागि जर्ज वोर्केरले ६२ तथा हेनरिकले ५० रन बनाए । 

जवाफमा टोरन्टोले २० ओभरमा ९ विकेट गुमाउदा रोमाञ्चक एक विकेटको जित निकाल्यो । उसको जितमा नितेश कुमराले ४६ तथा एन्टोन डेभिचले ४३ रन बनाए । कायरन पोलार्डले पनि ३७ रनको योगदान गरे ।

बलिङतर्फ सन्दिपले दुई विकेट हात पारे । मोन्ट्रियल टाइगर्सले ५ खेलमध्ये एक खेलमा मात्रै जित हात पार्योे । मोन्ट्रियल टाइगर्समा ४० हजार डलरमा आवद्ध भएका सन्दीपले क्यानडामा पनि आफ्नो उत्कृष्ट बलिङ देखाएका छन् । 

पहिलो खेल प्राविधिक कारण नखेलेका सन्दीपले बाँकी ४ खेलमा भने उत्कृष्ट प्रदर्शन गरे ।