पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

२९ देखि ३१ गतेसम्म हिमवत् साहित्य सम्मेलन हुने

काठमाडौं । आदिकवि भानुभक्तको २०५ औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले यही असार २९, ३०, र ३१ गते काठमाडौंमा हिमवत् खण्ड कला साहित्य सम्मेलन गर्ने भएको छ । 

सम्मेलनमा भारत, चीन, कोरिया लगायत १३ देशका ४५ विदेशी र करिब २ सय ५० साहित्यकारहरुको सहभागिता रहने छ ।

सम्मेलनले विभिन्न राष्ट्रका भाषा, संस्कृति, कला र साहित्य मार्फत आपसी भाइचाराको सम्बन्ध विस्तार हुने आयोजक संस्था मदन भण्डारी कला साहित्य प्रतिष्ठानले जनाएको छ ।