पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

६ वर्षपछि पुनः पठनपाठन शुरु

सूर्यप्रसाद अधिकारी, चितवन । त्रिभुवन विश्वबिद्यालयले ६ बर्षपछि रामपुर क्याम्पसमा पुनः पठनपाठन शुरु गरेको छ । 

त्रिवि र एएफयुबीचको विवादका कारण बन्द भएको रामपुर क्याम्पस आज औपचारिक रुपमा पूर्वी चितवनको खैरहनी माविको परिसरमा शुरु भएको हो । 

पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन बिज्ञान विश्वबिद्यालय (एएफयु) लाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो । 

त्रिविको कृषि क्याम्पसको शुरुवात गर्दै विश्वबिद्यालयका उपकुलपति प्राडा तिर्थराज खनियाले सबैको पहलबाट चितवनमा पुनः त्रिविले कृषि संकायको पठनपाठन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।