पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजनीतिक स्थिरतासँगै समृद्ध नेपालतर्फः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश राजनीतिक स्थिरतासँगै समृद्ध नेपाल निर्माणतर्फ अगाडि बढेको बताउनुभएको छ । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले मौलिक प्रक्रियाबाट मुलुकलाई समृद्धितर्फ लैजान प्रयासरत रहेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डलले लामो संघर्षपछि मुलुक स्थिरतातर्फ बढेसँगै मुलुकलाई समृद्ध बनाउने नयाँ प्रक्रियाको सुरुवात भएको बताउनुभयो । 

नेकपाका अध्यक्ष प्रचण्डले अबको एक दशक देशको समृद्धि र विकासका लागि समय खर्चने बताउनुभयो ।

कार्यक्रममा प्याव्सन ललिपुरले जिल्लाका माध्यमिक शिक्षा परीक्षा एसईईमा सामुदायिक र संस्थागत विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयहरुलाई सम्मान गरेको थियो ।