पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कम्युनिष्ट सरकार तानाशाही भयोः सभापति देउवा

बद्री नयाँघरे, रामेछाप । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले गरेका निर्णयहरु वर्तमान सरकारले उल्टाएर कम्युनिष्ट तानाशाही देखाएको आरोप लगाउनुभएको छ । 

नेपाल प्रेस यूनिय रामेछापले आज सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति देउवाले नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै वर्तमान सरकारले गरेको निर्णयको विरुद्धमा अदालत, संसद र सडकमा समेत आन्दोलन चर्काउने चेतावनी दिनुभयो । 

उहाँले वर्तमान सरकार भारतसामू लम्पसार परेको र चीनसँगको सम्बन्धमा काम भन्दा जनतलाई भुलभुलैयामा पारेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो ।