पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नियमावलीलाई अन्तिम रुप दिन नेकपाद्वारा कार्यदल गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको पार्टी सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठकले दिएको सुझावको आधारमा परिमार्जनसहित नियमावलीलाई यही २५ गते भित्रमा अन्तिम रुप दिन कार्यदल गठन गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।  
    
नेकपाका नेता वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल रहनुभएको कार्यदलले तयार गरेको नियमावलीलाई आगामी मंगलबार बस्ने बैठकमा प्रस्तुत गरिने र बैठकले अनुमोदन गरेपछि प्रकाशनका लागि पठाइने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।