पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

३३ अर्ब बराबरको बोनस शेयर दर्ता

काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म कूल १०९ कम्पनीको  ३३ अर्ब बराबरको बोनस शेयर दर्ता भएको नेपाल धितोपत्र वोर्डले जनाएको छ । 

यही असार २० गतेसम्म भएको दर्ताअनुसार ३३ करोड ८० लाख ७८ हजार ७१६ कित्ता बोनस शेयर दर्ता भएको छ । 

बोर्डमा दर्ता भएअनुसार २२ वटा विकास बैंक, २६ वटा माइक्रोफाइनान्स, १० फाइनान्स कम्पनी, १९ वटा बीमा कम्पनी, ९ वटा जलविद्युत् कम्पनी, १० वटा ‘क’ वर्गका वाणिज्य बैंक र ४ वटा अन्य समूहको शेयर दर्ता भएका छन् । 

बाँकी रहेका अन्यमा होटल, उत्पादन समूह तथा उत्पादनमूलक समूहको समेत बोनस शेयर दर्ता भएको छ । 

बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल २० कम्पनीलाई ८ अर्ब  १० करोड २० लाख ९९ हजार बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।