पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

साहित्यकारले दिए आफ्नै देश घुम्न सुझाव

काठमाडौ- नियात्रा समाज नेपालले आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा साहित्यकारहरुले देश घुम्न सुझाव दिएका हुन्।  लेखक नगेन्द्र न्यौपानेद्वारा लिखित नियात्रा संग्रह 'कङ्गो र इथियोपियाको सेरोफेरो' को चर्चा गर्दै साहित्यकारहरुले उक्त सुझाव दिएका हुन्।

साहित्यकार प्रतीक ढकालले न्यौपानेको किताबमा रमाइला विषय र गम्भीर सूचनहरु पाइएको जानकारी गराउँदै नेपाली भएपछि लेखकहरुले नेपाली भूमि पनि घुम्न जोड दिए। नेपालमा कति ठाउँ कोही पनि नपुगेको उल्लेख गर्दै ढकालले नेपालमा शुद्ध र स्वच्छ भूमिहरु रहेको बताए।

नियात्रासंग्रह माथि साहित्यकारहरु डा कृष्णप्रसाद दाहाल, गोविन्द गिरी प्रेरणा, मधुसुदन पाण्डेलगायतले समीक्षा गरेका थिए।