पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अविलम्ब राहत उपलब्ध गराउन राप्रपाको माग 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले मुलुकको पहाडी भागमा गएको पहिरो तथा तराई क्षेत्रमा गएको बाढीबाट पीडितलाई अविलम्ब राहात उपलब्ध गराउन माग गरेको छ । 

पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा सम्भावित जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिनुभयो । 

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गरी बजारमा सर्वसुलभ आपूर्ति व्यवस्था मिलाउन बैठकले माग गरेको छ । 

पार्टीको भावी रणनीति र समसामयिक राजनीतिक अवस्थाको छलफल गर्दै बैठकले लोकतान्त्रिक मूल्यमान्यता र वाक स्वतन्त्रताको संरक्षणका लागि राष्ट्रवादी शक्ति तथा प्रजातन्त्रवादीलाई एकताका लागि आग्रह गरेको छ ।