पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आज क्वार्टरफाइनलका दुई खेल हुँदै

काठमाडौं । पूर्व विश्वविजेता उरुग्वे र फ्रान्स रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा आज राति ७ः४५ बजे प्रतिःपर्धा गर्दैछन् ।

प्रिक्वार्टरफाइनलमा अर्जेन्टिनालाई पराजित गरेको फ्रान्स र पोर्चुगललाई हराएको उरुग्वेबीच रोमाञ्चक प्रतिस्पर्धा हुनेछ । दुई टिममा क्लब फुटबलमा सँगै खेलेका फुटबलर छन् । २ गोल गरेका उरुग्वेका खेलाडी काभानी भने पोर्चुगल विरुद्धको खेलमा घाइते भएका थिए । त्यसलै उनी फ्रान्सविरुद्ध खेल्छन् वा खेल्दैनन्, पष्ट छैन । 

जारी प्रतियोगितामा सबै खेल जितेको उरुग्वेले अहिलेसम्म १ गोल मात्र खाएको छ । समूह चरणमा एक खेलमा बराबरीमा रोकिएको फ्रान्सले अर्जेन्टिना विरुद्धको अन्तिम १६ को खेलमा उत्कृष्ट खेल पस्किएको थियो । 

उत्कृष्ट फरवार्डको साथ पाएको फ्रान्स विश्वकपमा दक्षिण अमेरिकी टिमसँग हारेको छैन । दक्षिण अमेरिकाका टिमसँग ९ खेलसम्म अपराजित फ्रान्स अब दसौं खेलमा पनि जित निकाल्दै अन्तिम ४ को यात्रा गर्न चाहन्छ । अर्जेन्टिनालाई हराएपछि फ्रान्सले अभ्यास सत्रमा कडा मेहनत गरेको छ । 

शारीरिकसँगै चतुरताका साथ खेल्ने फ्रान्सको रणनीति हुनेछ । फ्रान्सका लागि अब टिममा ब्लासी माटुइडीको दोस्रो खेलमा लगातार पहेँलो कार्ड पाएका कारण उरुग्वे विरुद्धको खेल गुमाउँदैछन् । 

पछिल्ला ६ विश्वकपमा अन्तिम ८ मा पुगेको उरुग्वे अन्तिम नकआउट चरणमा चुक्दै आएको छ । त्यसैले अब उरुग्वेले खराब रेकर्ड तोड्न हरप्रयास गर्नेछ । 

फ्रान्सविरुद्ध कठिन खेल हुने विश्लेषण गरेको उरुग्वेले ४–४–२ को फर्मेसनमा खेल्नेछ । काभानी खेल्न नसक्ने भएमा अग्रपंक्तिमा लुइस सुआरेजसँग क्रिस्टियन स्टुवानी खेल्नेछन् । 

राति ११ः४५ बजे हुने दोस्रो खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलको टिममा सधैं स्टार खेलाडीको जमघट हुने भएकाले पनि ब्राजिल सदाबहार उपाधिको दाबेदार मात्र टिमका रुपमा लिने गरिएको छ । 

जारी विश्वकपमा  ब्राजिलले सोचे अनुरुपमा गोल गर्न सकेको छैन । ब्राजिलले अहिलेसम्म ७ गोल गरेको छ । बढी गोल गर्ने टिममो सूचीमा ब्राजिल पाँचौ स्थानमा छ । बढी गोल गर्ने टिमको शीर्ष:थानमा रहेको बेल्जियमले ब्राजिलभन्दा ५ गोल बढी १२ गोल गरिसकेको छ । 

यद्यपि उसले ४ गोल खाएकाले गोलअन्तरमा आधारमा भने ब्राजिल र बेल्जियम उही स्थितिमा छन् । राति क्वार्टरफाइनलको खेलमा बढी गोल गर्ने टिम बेल्जियमविरुद्ध ब्राजिल भिड्दैछ । 

दुवै टिमको लक्ष्य उपाधि जित्ने भएकाले एक टिम आफ्नो यात्रामा एक कदम अघि बढ्दा अर्को टिम स्तब्ध हुँदै घर फर्कन बाध्य हुनेछ । गोल कम गरे पनि ब्राजिलले पछिल्ला ३ खेलमा गोल खाएको छैन । ब्राजिलले पहिलो खेलमा स्विट्जरल्यान्डसँग गोल बेहोरेपछि रक्षापंक्तिमा धेरै सुधार गरेको छ । 

ब्राजिलको चिन्ताको विषय फरवार्डमा सन्तुलन मिलाउनु हुनेछ भने अनुशासित खेल्नु अर्को चुनौती हुनेछ । बेल्जियमले आफू विश्वकपको दाबेदार भएको प्रमाणित गरेको छ । रोमेलु लुकाकु र इडिन हजार्ड जुनसुकै बेला गोल गर्न सक्ने खेलाडी हुन् । 

स्टार खेलाडीको जमघट भएकाले बेल्जियमले ब्राजिलसामु बलियो खेल देखाउनेछ । बेल्जियमका लागि विश्वकपमा लगातार ५ खेल जित्ने अवसर छ । त्योभन्दा ठूलो अवसर अन्तिम चारमा पुग्नु हुनेछ ।

दुई टिमबीच विश्वकपमा अहिलेसम्म एकपटक प्रतिस्पर्धा भएको छ । सन् २००२ मा भएको अन्तिम १६ को खेलमा ब्राजिलले बेल्जियमलाई पराजित गरेको थियो । 

यसपटक ब्राजिलिय टिममा नेइमार र काउटिन्हो जस्ता उत्कृष्ट खेलाडी छन् । दुवैले जारी विश्वकपमा गोल गरिसकेका छन् । अब बेल्जियमविरुद्ध पनि उनीहरु तयार देखिएका छन् । 

बेल्जियमविरुद्धको खेलका लागि ब्राजिलले कडा मेहनत गरेको छ । बेल्जियमले नेइमारलाई कडा निगरानीमा राख्ने भएकाले ब्राजिलिय टिमका अन्य खेलाडीले फाइदा उठाउनुपर्ने देखिन्छ ।