पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गिद्ध संरक्षण गर्न अभियान सञ्चालन 

दिपक शर्मा, सल्यान । पशुमा लगाउने डाइक्लोफेनिक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगे पछि सल्यानमा गिद्ध संरक्षण अभियान सुरु गरिएको छ ।

खाना र बासस्थानको अभावका कारण दिन प्रतिदिन गिद्धको संख्या घट्दै जान थालेपछि संरक्षण अभियान थालिएको गिद्धसम्बन्धी अध्ययनमा संलग्न सुमन घिमिरेले बताउनुभयो ।

यस अघि सल्यान जिल्लाभरी गिद्व पाइने गरेपनि अहिले लेखपोखरा, झिम्पे, काभ्रा, बाँमे, लुहाम, काल्चे, मोखला, दमाचौर लगायतका ठाउँमा मात्र गिद्ध पाईने गरेको घिमिरेले बताउनुभयो ।