पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अधिकारीको एकल कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय साँस्कृतिक संस्थानले कवियत्री यशोदा अधिकारीको एकल कवितावाचन कार्यक्रम गरेको छ ।

संस्थानले आज काठमाण्डौमा आयोजना गरेको चौथो शृङखलाको एकल कवितावाचनमा कवियत्री अधिकारीले आफ्ना विभिन्न कविता संग्रहबाट १० वटा कविता वाचन गर्नुभयो ।

कविता वाचनमा कवियत्रीले महिला हिसां ,सामाजिक कुरुती विकृती र विसंगतीका विषयलाई उठान गर्नुभएको छ ।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपती गंगाप्रसाद उप्रेतीले कविताले मानवीय जीवन र समाजको वास्तविकता जोडिने भएकाले यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।