पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाँडे र ‘माइला’ को ‘हजार हाइकुु’

radionepal

    काठमाडौं ।  साहित्यकार रामकुमार पाँडे र प्रकाश पौडेल ‘माइला’ को हाइकु संग्रह ‘हजार हाइकुु’ लोकार्पण भएको छ ।     बुधबार काठमाडौँमा पाँडेका पाँचसय र पौडेलका पाँचसय हाइकु संग्रहित पुस्तक हजार हाइकु लोकार्पण गरिएको हो । 
    थुम्का थुम्कामा
 साकुरा फुलिरह्यो
 मार्च–अप्रिल । 
        सोही हाइकु वाचन गर्दै कवि पौडेलले भन्नुभयो, “जापान हाइकुको  उद्गम स्थल भएकै कारण निकाल्ने प्रयत्न गरेको हुँ ।”    उहाँका अनुसार अहिलेको जमानामा स्तरीय हाइकु लेख्नु आवश्यक रहेको प्रस्ट पार्दै आफ्नो १८ वर्षको जापानको अनुभवको आधारमा नेपाल आएको बताउनुभयो ।     अर्का लेखक पाँडेले भन्नुभयो, “नेपालमा हाइकुको सुरुवात मैले नै गरेको थिएँ, अहिले जताततै हाइकुु प्रचलित हुने गरेको छ ।”  जापानमा सुनामी आउँदा विश्वभरिबाट पठाइएका हाइकुमा दुई हाइकुुमध्ये आफ्नो हाइकु पनि छनोटमा परेको जानकारी दिनुभयो ।    उहाँका प्रकाशित हाइकुुमध्ये बढी अंगे्रजीमा प्रकाशित छन् । हाइकुका अनुसन्धाता उवं कृतिकार पाँडेले नेपाली साहित्यमा हाइकु लोकप्रिय हुँदै गएको बताउनु भयो । 
       लोकार्पण कार्यक्रममा प्रमुख अतिथि रत्नशम्सेर थापा,कृति समीक्षक  महेश पौड्याल,डा. खगेन्द्रप्रसाद लुँइटेल, दामोदर पुडासैनीलले हाइकुमा मौलिकता भत्काउन नहुने भन्दै हजार हाइकुुमा हाइकुको निकै राम्रो संयोजन रहेको खण्डन गर्नुभयो । उहाँहरुलेे हाइकुुमा संभावनाको खेल आवश्यक रहेको बताउनुभयो ।   हायकुमा लेखक पौडेेलले ३१ पेजमा जापानको हायकुकोे इतिहास प्रकाश पार्नुभएको छ भने लेखक पाँडेले २१ पेजमा हाइकुुको इतिहासबारे प्रकाश पार्नुभएको छ ।