पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विभागद्वारा घटना अनलाइनमा राख्न शुरु

काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्धविच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । 

विभागले झण्डै ४१ वर्षदेखि दर्ता भएका ती घटना व्यवस्थित, पारदर्शी एवं प्रभावकारी बनाउन अनलाइनमा राख्न थालेको जनाएको छ । 

विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले हालसम्म पाँच लाख ५४ हजार ९ सय ९२ जनाको घटना अनलाइनमा राखिएको बताउनुभयो । 

उहाँका अनुसार तीन लाख २४ हजार ८६१ हजार जन्मदर्ता, ६१ हजार २ सय ६५ बसाइँ–सराइ, एक लाख १२ हजार ६ सय ५९ विवाह दर्ता, एक हजार ९ सय ४८ सम्बन्धविच्छेद र ५४ हजार २ सय ९५ मृत्युका घटना अनलाइनमा दर्ता गरिएको छ ।