पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ताराणीप्रसाद कोइराला सञ्चारग्राम ऐतिहासिक धरोहर हुने : मन्त्री बास्काेटा

radionepal

विराटनगर १६ ।  सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल वास्कोटाले निर्माण हँुदै गरेको  तराणीप्रसाद कोइराला संचारग्राम मुलुकको लागि ऐतिहासिक धरोहर भएकाले काममा सम्झौता नगरी तोकिएकोको समयमा काम सम्पन्न हुनुपर्ने वताउनु भएको छ । रेडियो नेपाल र विराटनगर महानगरपालिकाकाको सहयोग विराटनगर ४ खार्जिमा मा निमार्ण भइरहेको संचारग्रामको आज विहान निरिक्षण एंव अनुगमनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री वास्कोटाले संचारग्राम निमार्णको काममा सन्तुष्ट रुपमा भइुहेको  वताउनुभयो । 
   उहाँले रेडियो नेपालको संस्थापक तारणीप्रसाद कोइरालाको नाममा निर्माण भइरहेको  संचारग्रामको इतिहासको विरासत थाम्ने भएकाले यस्ता ऐतिहाकिसका काममा मन्त्रालयले बजेटको अभाव हनु नदिने वताउनुभयो ।   उहाँले मुलुकभर भइरहेको सरकारी कामको आफुले अनुगमन गरिरहेको भन्दै  संचारग्रामको काम आफुलाई चित बुझ्दो लागेको बताउनु भयो ।  मन्त्री  वास्कोटाले यस्ता ऐतिहासिक धरोहरलाई जोगाई राख्न रेडियो नेपालको स्थापनामा प्रयोग भएका उपकरण तथा समाग्रीलाई संचारग्राममा राख्नेगरी व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
    छलफल अघि मन्त्री वास्कोटाले संचारग्रामको अनुगमन तथा निरिक्षण गर्नु भएको थीयो । उहाले राजनितिदलहरुको एकमात्र ऐजेन्डा अव विकास निमार्ण हुनुपर्ने वताउनुभयो । मन्त्री वास्कोटले राजनितिक आन्दोलन समाप्त भएकाले अव राजनीति आस्थाभन्दा माथि उठेर विकास निर्माणमा सवै जुटनुपर्ने वताउनुभायोे । 
संचारग्रामको  मन्त्री बास्कोटा , विराटनगर महानगरपालिका मेयर भिम पराजुली मोरंगको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चाय लगायतलेपनी अनुगमन तथा निरिक्षण गर्नु भएको थियो । 
     कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संचारग्रामको २२ प्रतिशत काम सम्मपन्न भएकाले तोेकिएकै मितिमा काम पुराहुने वताउनुभयो । संचारग्रामलाई  मिडियहवको रुपमा विकासगर्नेगरी संरचना तयार भइरहेको उहाँले बताउनुभयो ।

- कुमोद अधिकारी / रेडियो नेपाल