पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शिक्षा क्षेत्रका गल्तीमा माफी हुँदैनः शिक्षामन्त्री

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा गरिएका कुनै पनि गल्तीका लागि माफी नदिइने बताउनुभएको छ । 

राष्ट्रिय परीक्षा बोर्डको तेस्रो वार्षिकोत्सवका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा  मन्त्री पोखरेलले  एसइई परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका सम्बन्धमा परीक्षाका विषयलाई गोप्य राख्नुपर्नेमा गोप्यता भंग गर्ने र गल्ती गर्नेले कारवाहीको भागिदार बन्नुपर्ने बताउनुभयो । 

मन्त्री पोखरेलले छानबिन समितिको प्रतिवेदन आएपछि दोषीलाई कारवाही गरिने बताउनुहुदैं एसइईको नतिजाको त्रुटिमा प्राविधिक गल्ती भनेर पन्छिन् नपाईने पनि बताउनुभयो ।