पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाटो खुल्ने–नखुल्ने जानकारी दिन मोबाइल एप

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मुग्लिनको बाटो खुल्ने वा नखुल्ने विषयमा पूर्व जानकारी लिन सर्वसाधारणहरुलाई आग्रह गरेको छ । 

कार्यालयले मुग्लिन सडक खण्डको बाटो सम्बन्धमा खुले र नखुलेको जानकारी प्राप्त गर्नका लागि मोबाईलको म्यासेज बक्समा गई एन एम टी टाईप गरी ३४८४८ मा म्यासेज पठाई तुरुन्त जानकारी प्राप्त गर्न सकिने बताएको छ ।

आम सर्वसाधारणहरुका लागि लक्षित गरी यो मोबाइल एप सञ्चालनमा ल्याएको मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिनुभयो ।