पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मदन भण्डारी पुरस्कार हरिप्रसाद शर्मालाई दिइने

काठमाडौँ । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने भएको छ । 

मदन भण्डारीको ६७ औँ जन्मजयन्तीका अवसरमा असार १४ गते प्रदान गरिने सो पुरस्कारको राशि रु एक लाख रहेको छ । 

मदन भण्डारी फाउण्डेशनले प्रदान गर्ने उक्त पुरस्कार चित्रकार शर्मालाई नेपाली कलामा प्राचीन यथार्थको उत्खनन गरेबापत प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जानकारी दिनुभयो । 

फाउण्डेशनले हरेक वर्ष मदन भण्डारीको जन्मजयन्तीका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।