पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संगीतका माध्यमबाट संस्कृतिको संरक्षण गर्न सकिने: कार्यकारी निर्देशक कार्की

काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले गीत/ संगीतका माध्यमबाट नेपाली मौलिक संस्कृतिको संरक्षण गर्न सकिने बताउनु भएको छ । रेडियो नेपालद्वारा संचालन गरिने छैठौं चरणको संगीत प्रशिक्षण कार्यक्रमको आज सुभारम्भ गर्दै कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालकै वरिष्ठ संगीतकर्मीहरुले आफ्नो अनुभव साट्ने यो उपयुक्त मौका भएको पनि बताउनुभयो ।  तीन महिनासम्म संचालन हुने संगीत प्रशिक्षणमा विभिन्न विधामा प्रशिक्षण दिइने छ । कार्यक्रममा कार्यक्रम महाशाखाका प्रमुख डा . नवराज लम्साल, संगीत शाखाका प्रमुख टीका भण्डारी, लगायतले संगीत प्रशिक्षणबाट रेडियो नेपाल र प्रशिक्षार्थीहरुबीच सांगीतिक सम्बन्ध स्थापित हुने धारणा राख्नु भएको थियो ।