पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चे ग्वेवाराबाट नेपालीले धेरै कुरा सिक्नु पर्छः पूर्वमन्त्री राम कार्की

radionepal

आज नेपाल ल क्याम्पसमा चे ग्वेवाराको ९० औ जन्मजयन्ती मनाइएको छ । नेपाल ल क्याम्पसका विध्यार्थीद्धारा आयोजित कार्यक्रममा चे ग्वेवाराको जीवनी बारे चर्चा गरिएको थियो । 
कार्यक्रममा पूर्वसञ्चार मन्त्री तथा ने.क.पा.(नेकपा) का नेता राम कार्कीले चेको जीवनीबाट नेपालीहरुले धेरै कुरा सिक्नु पर्ने बताउनु भयो । चे ग्वेवाराले जीवनमा कहिल्यै आफ्नो स्वार्थ हेर्नु भएन उहाँ सधै समाजवादी आन्दोलन र मुक्तिका लागी मात्र लड्नुभयो । उहाँ क्यूवामा फिडेल क्यास्ट्रो पछिको दोश्रो बरीयताको नेता हुनुहुन्थ्यो उहाँ तत्कालिन समयमा मन्त्री पनि बन्नु भएको थियो तर उहाँले कहिले पनि पदको लोभ गर्नु भएन । सधै जनताको मुक्तिको बारेमा मात्र सोच्ने गरेको कुरा उल्लेख गर्नुभयो । साथै चे ग्वेवाराले सिकाएको बाटोमा हिडे नेपालले पनि चाडै प्रगति गर्ने कुरा बताउनु भयो ।
कार्यक्रममा नेता सुनिल मानन्धरले चेको जीवनीको बारेमा चर्चा गर्नु भएको थियो त्यस्तै क्यूवा पुगेर कृषि सम्बन्धी अध्ययन गर्नु भएका डा. कृष्ण पौडेलले त्यहाको कृषि सम्बन्धी र क्यूवाले कसरी कृषि गर्दै आएको छ भन्ने बारे कुराहरुको चर्चा गर्नु भएको थियो साथै युवा नेता डि.पि. ढकालले पनि चेको बारेमा आफ्ना कुरा राख्नु भएको थियो ।