पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वन अधिकृतसहित दुई अख्तियारको नियन्त्रणमा

रुकुम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रुकुम (पश्चिम) का सहायक वन अधिकृत रोहित कुमार शाह र ग्रामीण वित्त सहायक सन्दिप अधिकारीलाई २३ हजार रुपैया घुस सहित नियन्त्रणमा लिएको जनाएको छ ।

कबुलियती वनको काममा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम मागिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतवाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ ।