पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्थानीय तहका प्रमुखद्वारा शान्ति सुरक्षाको माग

नवलपरासी । पश्चिम नवलपरासीमा रहेका सबै सातवटै स्थानीय तहका प्रमुखले सरकारसमक्ष शान्ति सुरक्षाको माग गरेका छन् । 

आफूहरूको सुरक्षासहित जिल्लाको समग्रतामा शान्ति सुरक्षाको स्थिति थप बलियो हुनुपर्ने भन्दै स्थानीय तहका प्रमुखले माग गरेका हुन् । 

केही दिनअघि सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेमाथि अभद्र व्यवहार र अमानवीय क्रियाकलाप भएपछि सबै स्थानीय तहका प्रमुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।